Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कदमको प्रतिरक्षक–वकीलको बहस पट्टयारलाग्दो, विषय दोहोरिए, समयसीमा नमान्दा रिसाए प्रधानन्यायाधीश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 2.2K
    SHARES

काठमाडौं,/ प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको प्रतिरक्षा गर्न आएका निजी वकीलहरुको बहस पट्टयारलाग्दो भएपछि इजलाशमा रहेका न्यायाधीशहरुले पनि झिँझो मान्न थालेका छन् ।

सरकारको तर्फबाट बहस गर्न आएका वकीलहरुले एउटै तर्क दोहोर्‍याउने गरेकाले बहस न्यायाधीशहरु दिक्क देखिएका हुन् ।

बहसमा शुरुमै समयसीमा तोके पनि वकीलहरुले समय पालना नगर्दा इजलाशले पटक–पटक सम्झाउनु परेको छ । ध्यानाकर्षण गराइँदा पनि अटेर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा रिसाउने अवस्थासमेत बनेको छ ।

सोमबार प्रधानमन्त्री कदमको प्रतिरक्षा गर्न आउनुभएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले लामो समय लिएपछि प्रधानन्यायाधीश राणाले बहस टुंग्याउन पटक–पटक आग्रह गरे पनि अटेर गर्नुभएको हो ।

शुरुमै १५ मिनेट समय तोकिएकामा ३१ मिनेट समय लिएपछि प्रधानन्यायाधीशले रोक्दै भन्नुभयो, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।’

त्यतिभन्दा पनि अधिवक्ता भट्टराईले बहस नछाडेपछि प्रधानन्यायाधीश राणा रिसाउँदै भन्नुभयो, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’

प्रधानमन्त्री कदमको प्रतिरक्षामा उत्रिएका अर्का अधिवक्ता सिपी रेग्मीले प्रधानमन्त्रीले जसरी पनि संसद् विघटन गर्न पाउँछ भन्ने तर्क गरेपछि इजलाशमा रहनुभएका न्यायाधीश तेजबहादुर केसीले प्रश्न गर्नुभयो, ‘ संविधानको ब्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो होईन र ?

न्यायाधीश केसीको सोझो उत्तर नदिई रेग्मीले भन्नुभयो, ‘म आउँछु श्रीमान्’ । न्यायाधीश केसीले थप्नुभयो, ‘समय छैन, अगाडि बढ्नुहोस् ।’

बहस गर्न आएका अधिवक्ताहरुले बहस नोट निकाल्दै र किताब टेबलमा राख्दाराख्दै समय बिताउन थालेपछि न्यायाधीशहरुको ठट्टौलो टिप्प्णी थियो, ‘समय झोला खोज्दै सकिने भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४