तेह्रथुम,/ तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको मृत्यु भएको हो ।टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिकैको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।
सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको बेला नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतककी भतिज विबस लिम्बूले जानकारी दिए ।घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।नरबहादुरले गाँउबाट मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ ।