काठमाडौं, / नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका हुन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।हाल देशभर १ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा २ हजार २५१ पीसीआर परीक्षण भएको छ ।