Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २४ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ ।

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदानपछि सम्बोधन गर्दै प्रमुख शाक्यले जीर्ण र क्षतिग्रस्त सम्पदा यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । शाक्यले भन्नुभयो, ‘हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं ।’

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन पनि आग्रह गर्नुभयो । योजना लिएर आएको अवस्थामा महानगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयम्भूस्थित आनन्द भुवन विहार महानगरकै सहयोगमा पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४