Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २४ २०७७
  • 8K
    SHARES

२०७७ माघ २४ गते, शनिवार, ६ फेब्रुअरी २०२१। माघ कृष्णपक्ष, नवमी तिथि (९:०१ बजेदेखि दशमी), अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।  

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा अनायासै चुनौती आइलाग्न सक्छ। आम्दानीका स्रोत कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। तापनि ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले काम बन्नेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ। थालेको काम बीचमा रोकिने सम्भावना छ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउलान्। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। कृषिमा कामको चाप बढ्नेछ। व्यापारमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई बिस्तारै पछि पार्न सफल भइनेछ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। भैपरी आउने कामले योजना स्थगित हुन सक्छ। आत्मविश्वासको कमीले व्यवहारमा पछि परिनेछ। बलजफ्तीले आफैंलाई अप्ठ्यारो पर्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। खर्च हुने डरले सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काम पाइनेछ तर व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। जटिल कामले लोभ्याउनेछ र खर्च पनि उत्तिकै लाग्नेछ। पाउमा चोटपटक लाग्न सक्छ। धेरै परिश्रमका तुलनामा प्रतिफल भने कम देखिनेछ। बलजफ्तीले काम बिग्रन सक्छ। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बनाउन सकिनेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांश घट्नेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अलमल भए पनि बिस्तारै फाइदा हुनेछ। साथीभाइले भने काममा हिम्मत दिलाउनेछन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। पुरुषार्थी काम प्रारम्भ हुनेछ। लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउनेछ। पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

 

 

#उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

#नेपाली पात्रोबाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४