Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली पक्षको आमसभाले सवारी आवागमन अस्तव्यस्त, यी रुट प्रयोग गर्न प्रहरीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २३ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कृणपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन लामबद्ध भएर चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी साधन ड्राइभर्सन हुने भएकोले सवारी चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४