काठमाडौं, माघ २२ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३८७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।