Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थिर देखियो नेप्से : लघुवित्त र बिमाले कमाउँदा बैंकिङले किन गुमाए ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १७ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । कोरोना त्रासकाबीच खुलेको सेयर बजारमा एक किसिमको रौनक नै आयो । अझ दशैं तिहार पछि त सेयर बजारमा बहार नै आएको छ । माघको दोस्रो साता भने लगानीकर्ताहरुका लागि बजार धेरै फलदायी हुन सकेन ।

माघको पहिलो साता ५३ अंक भन्दा धेरैले वृद्धि भएको सेयर कारोबार मापक नेप्से परिसूचक दोस्रो साता भने स्थिर देखियो । सबइन्डेक्सहरु केहि बढ्ने र घट्ने भए पनि समग्रमा बजार स्थिर देखिएको छ । साताको पहिलो दिन २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको कारोबार साताको अन्तिम दिन बिहीबार २ हजार ४ सय २५ दशमलव २९ अंकमा पुगेर रोकिएको छ ।

सातामा ५ दिन पुरै कारोबार हुँदा पनि बजार १ अंकले मात्रै सुधार आएको छ । अर्थात् माघको दोस्रो साता नेप्से परिसूचक स्थिर देखियो । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर २ हजार ४ सय ४० दशमलव ८८ अंकमा पुग्यो । तर मंगलबार भने दोहोरो अंकले ने घटेर २ हजार ४ सय २३ दशमलव ०९ मा झर्यो ।

बुधबार पुनः बढेर २ हजार ४ सय ४१ दशमलव ८५ अंकमा पुगेको बजार बिहमीबार भने घटेर २ हजार ४ सय २५ दशमलव २९ मा रोकिएको छ । अघिल्लो साता नेप्से परिसूचकले ऐतिहासिक नयाँ उचाई नै कायम गरेको थियो । यो साता भने नयाँ रेकर्ड राख्न नेप्सेले सकेन ।

बढ्न सकेन बैंकिङ सब इन्डेक्स

यो साता लघुवित्त, व्यापार, उत्पादन मूलक र बिमा कम्पनीहरुको सब इन्डेक्स वृद्धि भएको छ । तर बैंकिङ सहितका अन्य सबइन्डेक्सहरु भने घटे । बैंकिङ, हाइड्रोपावर, विकास बैंक र फाइनान्स घटठेका छन् । बैंकिङ परिसूचक सातामा ९ अंक भन्दा धेरैले घटेको छ ।

साताको पहिलो दिन आइतबार बैंकिङ परिसूचक १ हजार ९ सय ४४ दशमलव १५ अंकमा थियो । सोमबार भने बैंकिङ परिसूचकमा बहार नै आयो । बढेर १ हजार ९ सय ७५ दशमलव ७४ अंकमा पुगेको बैंकिङ परिसूचक मंगलबारदेखि भने घट्न सुरु भयो ।

मंगलबार घटेर १ हजार ९ सय ४८ दशमलव ९५ अंकमा झर्‍यो । बुधबार र बिहीबार पनि यो क्रम जारी नै रहृयो मंगलबारको तुलनामा बुधबार २ अंकले बटेर १ हजार ९ सय ४६ दशमलव ७६ अंकमा झर्यो । बिहीबार पनि घटेर १ हजार ९ सय ३५ लशमव ७४ अंकमा झरेर बन्द भयो । विकास बैंक पनि करिब एक सय अंकले घटेर २ हजार ४ सय ४४ अंकमा झरेको छ भने फाइनान्स १८ अंकले घटेर १ हजार १ सय ५२ अंकमा झरेको छ ।

उता लघुवित्त, व्यापार र बिमा कम्पनीहरुले भने यो साता कमाएका छन् । यस अवधीमा व्यापार ७० अंकले बढेर ६ हजार ९४ दशमलव ३३ अंकमा र लघुवित्त ४६ अंकले बढेर ४ हजार १ सय ५६ अंकमा पुगेको छ ।

कारोबारमा नेपाल लाइफकै बर्चस्व

यस साता कारोबार रकम र सेयर कारोबार संख्या दुबैमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । सातामा नेपाल लाईफको २० हजार १ सय ३ वटा कारोबार भएका छन् । कारोबार संख्याका आधारमा दोस्रोमा प्रभु लाइफ इन्स्यारेन्स र तेस्रोमा नेपाल पुनर्बिमामा कम्पनी देखिएको छ ।

कारोबार संख्याको आधारमा कुमारी बैंक चौंथोमा देखिँदा पाँचौ नम्बरमा मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ ।हेर्नुस् कुन कम्पनीको धेरै कारोबार भयो ? कारोबार संख्यामात्रै होइन कारोबार रकमका आधारमा पनि नेपाल लाईफ नै पहिलो नम्बरमा देखिएको छ । यस साता नेपाल लाइफको ४२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । जुन यस साताको सर्वाधिक कारोबार हो । कारोबार रकमको आधारमा दोस्रोमा नेपाल बैंक देखिएको छ । जसको यस साता १३ करोड ६१ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ । तेस्रोमा नेपाल पुनर्बिमा कम्पनीको १२ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । अन्यको हेर्नुस् 

लगानीकर्ताको पुँजी ३२ खर्ब ६६ अर्ब

नेप्सेका अनुसार माघको दोस्रो सातासम्म सेयर बजारका लगानीकर्ताहरुको पुँजीकरण ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ नाघेको छ । जसमा सबैभन्दा धेरै पुँजीकरण नेपाल दूरसञ्चार कम्पनीको पुँजीकरण रहेको छ । दूरसञ्चारको मात्रै २ खर्ब २ अर्ब २० करोड रुपैयाँ पुँजीकरण रहेको छ ।

दोस्रोमा नेपाल लाइफको धेरै पुँजीकरण देखिएको छ । नेप्सेका अनुसार नेपाल लाइफको पुँजीकरण १ खर्ब ६९ अर्ब १२ करोड ७३ लाख रुपैयाँ रहेको छ । अन्यको हेर्नुस् 

जानकार भन्छन्- आत्तिनु पर्ने अवस्था छैन

सेयर बजारका विश्लेषक तथा पूर्व बैंकर अनलराज भट्टराई बैंकिङ परिसूचक अहिलेको साता थोरै घटेको भन्दैमा आत्तिनु नपर्ने बताउछन् । यो साता सप्लाई कम हुनेहरुको बढेको उनले बताए । यो साता जीवन तथा निर्जिबन बिमा कम्पनीहरुको समेत सेयर मूल्य बढेको छ । बिमाको भने लाभांशका कारण बढेको उनको भनाई छ ।

‘अहिले बिमा संस्थान बढेको छ, जसले पनि इन्डेक्स तानेको छ’ उनले भने, ‘लामो समयदेखि साधारणसभा हुन नसकेको कारण धेरै लाभांश पाइएला कि भन्ने भएकाले पनि हुनसक्छ ।’ अरुको भनेको सप्लाई कम भएका कारण बढेको उनले बताए । तर तुलनात्मक हिसाबले बैंकिङ लगानीका लागि राम्रै क्षेत्र भएको उनको भनाइ छ ।

अहिले धेरै बैंकहरुको सेयर मूल्य ५ सय रुपैयाँ भन्दा तल छ । सेञ्चुरी, सिभिल लगायतका बैंकहरुको त २ सय हाराहारीमा छ । बैंकहरुको सेयर मूल्य एकदमै कम भएको उनी बताउँछन् । यसकारण पनि यो क्षेत्र लगानीका लागि राम्रै हुने उनले बताए । छोटो समयका लागि भन्दा लामो समयका लागि बैंकिङ लगानीका लागि उपयुक्त हुने उनको सुझाव छ ।

‘१३ सय मा रहेको बैंकिङ इन्डेक्स २/३ महिनामा नै १७ सय पुगेको छ, यो विस्तारै बढेको छ’ उनले भने, ‘लङ्ग ट्रम लगानी गर्नेहरुका लागि धेरै राम्रो छ, सुरक्षित पनि छ ।’ नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल पनि अहिलेकेा बजारलाई सामान्य रुपले नै लिनु पर्ने बताउँछन् । धेरै घटबढ नभएका कारण अहिले सामान्य रुपमै बजार रहेको उनले बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार अहिले बैंकिङ इन्डेक्स घट्नु पर्ने कुनै खास कारण नरहेको बताउछन् । अहिले घट्यो भनेर आत्तिनु पर्ने आवश्यकता नै नरहेको उनले बताए । चाडैं बैंकिङ क्षेत्र माथि चढ्ने उनको दावी छ । ‘अहिले थोरै इक्डेक्स घट्यो भनेर आत्तिनु पर्दैन, बैंकिङ क्षेत्र बुल हुने नै हो’ अध्यक्ष रौनियारले भने, ‘अब मर्जरको पनि चर्चा छ, यसले बैंकिङ राम्रै फाइदा हुन्छ ।’ पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत, लघुवित्त र बिमा समूह तिर जादा बैंकिङ क्षेत्रमा थोरै असर परेको उनले बताए ।

३ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ३ कम्पनीको सेयर सूचीकृत भएको छ । सातामा साल्ट ट्रेडिङ कर्पोरेसन, फस्र्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंक इन्टरनेसनलको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार साल्ट ट्रेडिङको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता सेयर सूचीकृत भएका छन् । यस फस्र्ट माइक्रोफाइनान्सको ७ लाख ६० हजार ७ सय ४ कित्ता र सिटिजन्सको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् ।

अघिल्लो साता करिब तीन करोड बोनस सेयर सूचीकृत भएको थियो । एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड ९५ लाख बराबरको बोनस सेयर सूचीकृत भएको थियो । नेप्सेका अनुसार यस साता एनआइसी एशिया बैंक लिमिटेडको एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता र बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४