Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वरिष्ठ अधिवक्ता संग्रौलाले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना नगरिए त्यसको कार्यकाल २ वर्षमा सीमित हुनेछ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 3.8K
    SHARES

काठमाडौं, / वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभालाई पुनःस्थापना नगरिए त्यसको कार्यकाल संविधानमा ५ वर्षको लेखिए पनि व्यवहारमा २ वर्षमा सीमित हुने बताउनुभएको छ ।

बुधाबर (आज) संसद विघटनविरुद्धका रिट निवेदक शशी श्रेष्ठ, देव गुरुङ, रामकुमारी झाँक्रीलगायतको तर्फबाट बहस गर्न आउनुभएका वरिष्ठ अधिवक्ता संग्रौलाले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदममा सर्वोच्च अदालतले रोक लगाउनुपर्ने बताउनुभएको हो । प्रतिनिधिसभा पुनःस्थापना नगरी विघटन सदर गरिएमा तथा निर्वाचनमा जाऊ भनिए निर्वाचनपछि अर्को प्रधानमन्त्रीले पनि त्यहीँ गर्ने उहाँको भनाइ छ ।

साथै, प्रतिनिधिसभा पुनः स्थापित नभएमा अबको प्रतिनिधिसभाको कार्यकाल संविधानमा ५ वर्ष लेखिएको भएता पनि व्यवहारमा २ वर्षको हुने उहाँको भनाइ छ । त्यस्तै, उहाँले प्रधानमन्त्रीको अधिकार कति हो ? भन्ने पनि सर्वोच्चले स्थापित गरिदिनुपर्ने तर्क गर्नुभएको छ ।

संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउन व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने समय आएपछि प्रतिनिधिसभा विघटनको कदम चालिने उहाँले तर्क गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४