Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले र माओवादी केन्द्रको एकता अप्राकृतिक थियो : पूर्वमन्त्री साउद


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 8.4K
    SHARES

रौतहट,/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमंत्री एन पी साउदले तत्कालीन नेकपा एमाले र माओवादी (केन्द्र)को एकीकरण अप्राकृतिक भएकाले त्यसले नतिजा दिन नसकेको दावी गर्नुभएको छ।

रौतहटको चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा सामाजिक अभियानता एवम् नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताको जीवनमा आधारित वृतचित्रको बिमोचन कार्यक्रम बोल्दै पूर्वमन्त्री साउदले नेपाली काँग्रेसले सुरुदेखिनै यी दुई पार्टी बीचको एकता अप्राकृतिक भन्दै आएको बताउनु भयो ।

विचार र सिद्धान्तनै नमिलेकोले सो मिलन यात्रा लामो समयसम्म नटिक्ने भन्दै आएको र आज आएर सो सत्य सावित भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले दह्रोसँग प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप खेप्दै आएको भएपनि ५ बर्ष नै यो सरकार चल्नु पर्ने पक्षमा रहेको बताउनु भयो ।

उहाँले यो सरकार पाँच वर्षसम्म टिक्न सक्छ भन्ने विश्वास दिलाउन सयौँ कमिकमजोरीको वावजुद पनि सरकारलाईकाँग्रेसले साथ दिएको दावी गर्दै नेकपाको आन्तरिक कलहले राजनीति अहिलेको स्थितीमा आइपुगेको उहाँको भनाइ छ ।

‘जसलाई जनताले जिताएर पठाए उनीहरुलाई देश चलाउन दिन्छौ, हामी तगारो हाल्दैनौँ बरु पाँच वर्ष कुछौँ भनेर भनेका थियौ’ उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले कुनैपनि दिन सदन अबरुद्ध गरेन, रेलिङ्ग भाँचेन सरकारलाई साथ दिइरह्यो । तर उनीहरु बीचकै आपसी लडाइले देश आजको अवस्थामा पुगेको छ ।’

उहाँले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम बीचमा शक्ति, सत्ता र राजनितिक नियुक्तिकोे भागवण्डा नमिल्दा देश र जनताले दुःख पाएको आ रोप लगाउनु भयो।

सो कार्यक्रममा बोल्दै नितेश गुप्ताले आफु शारीरिक रुपले अपाङ्ग भएतापनि मानसिक रुपमा सदैव अब्बल रहेको भन्दै आफुले अपाङ्गताका वावजुद पनि संघर्ष पश्चात पाएको सफलता आफुजस्तै अरुको लागि पनि प्रेरण बनोस् भने वृतचित्र निर्माण गरिएको बताउनुभयो

नेपाल सरकार समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग परिषद काठमाडौंका पूर्व सभापति समेत रहेका गुप्ता हाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटका सभापति रहेका छन । कार्यक्रममा सहभागीहरुले गुप्ताको वृतचित्र अपाङ्गता व्यक्तिहरुको लागि प्रेरणा अनि साहस बन्न सक्नेमा विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४