Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रमपूर्ण समाचारहरुप्रति काँग्रेसको आपत्ति, सरकारबिरुद्ध अझै कठोर बन्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 3.4K
    SHARES

काठमाडौं,/  भ्रमपूर्ण समाचारहरु प्रकाशित गरेको भन्दै नेपाली काँग्रेसले एक बिज्ञप्ति जारी गरेको छ । संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको बेला केही संचार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशित केही समाचार माम्यममा प्रकाशित भएको काँग्रेसको भनाइ छ ।

संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्र देखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका काँग्रेसको भनाइ छ ।

त्नयस्तै माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको पनि जनाएको छ।

जुन निर्णयहरुमा माघ १९ गते सोमबार भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने, माघ २४ गते शनिबार
शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने, फागुन ३ गते सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने, जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाहरूले यी कार्यक्रमलाई असर नपर्ने गरि अन्य कार्यक्रम समेत आयोजना गर्नसक्ने रहेका छन् ।

अघिल्ला प्रदर्शनहरुमा रहेकोे ब्यापक सहभागिताले संसद विघटन विरुद्ध नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको नेपाली काँग्रेसको दावी छ । आन्दोलनका आगामी कार्यक्रमहरुमा अझै व्यापक सहभागिता जुटाउन सिंगो पार्टी सम्पूर्ण एकताका साथ मैदानमा रहेको काँग्रेसको भनाइ छ ।

बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४