Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एलन मस्कको कम्पनीको कीर्तिमान, एउटै रकेटमा हालेर १४३ स्याटेलाइट प्रक्षेपण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 4.4K
    SHARES

विश्वका नम्बर वान अर्वपति एलन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा समेत नयाँ कीर्तिमान कायम गरेको छ ।

स्पेस एक्सको फाल्कन नाइन रकेटमा हालेर एकसाथ १४३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो । आइतबार भएको उक्त प्रक्षेपण एकसाथ सबैभन्दा धेरै स्याटेलाइट प्रक्षेपणको रेकर्ड भएको बताइएको छ ।

ट्रान्सपोर्टर वान नामक उक्त मिसनमा स्पेस एक्सको स्टार लिंक इन्टरनेट नेटवर्कका १० वटा स्याटेलाइट छन् । त्यस्तै अन्य स्याटेलाइटहरु विभिन्न कम्पनीका रहेका छन् ।

स्मरण रहोस् यसअघि एकसाथ सर्वाधिक रकेट प्रक्षेपणको कीर्तिमान पीएसएलभी नामक भारतीय रकेटको नाममा थियो । उक्त रकेटबाट सन् २०१७ मा एकसाथ १०४ वटा रकेट प्रक्षेपण गरिएको थियो ।

स्पेस एक्स कम्पनीले सन् २०१९ मा घोषणा गरेको राइड सेयर कार्यक्रम अन्तरगत ट्रान्सपोर्टर वान मिसन पहिलो हो । त्यस बखत कम्पनीले आफ्नो फाल्कन ९ रकेट ठूलो संख्यामा स-साना स्याटेलाइट अर्थात् स्मल स्याट प्रक्षेपणमा प्रयोग हुने जनाएको थियो ।

पछिल्ला वर्षहरुमा स्मल स्याटको लोकप्रियता बढिरहेको छ । ती साना स्याटेलाइटहरु स्मार्टफोन देखि रेफ्रिजेरेटको आकार सम्मको हुन्छन् ।

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४