काठमाडौं,/ लागूऔषध कारोवारमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका(१ बलम्बुका ३७ वर्षीया रिता खड्का र २९ वर्षीया अमृता तामाङ छन्
सोमबार दिउँसो रविभवनमा लागूऔषध कारोवार भइरहेको सूचना महानगरीय प्रहरी वृत्त कालीमाटीले पाएको थियो । सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको वृत्तका डिएसपी अपिल राज बोहराले सनराइज खबरलाई जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ६ केजी ८१६ ग्राम चरेश, ६ लाख ६२ हजार रुपैयाँ र किप्याड मोबाइल २ वटा बरामद भएको उहाँले जानकारी दिनुभयो ।रासस