Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायाधीशविरुद्ध बोल्दा समाचार च्यानल बन्द, १० लाख रुपैयाँ जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 6.5K
    SHARES

एजेन्सी । पाकिस्तानको एक समाचार च्यानलका ‘बोल टिभी’ पत्रकारले त्यहाँको न्यायाधीशविरुद्ध बोल्नु च्यानलको लागि महंगो पर्न गएको छ ।

अदालतको अवमूल्यन र न्यायाधीशको अपमानको आरोपमा च्यानललाई ३० दिन बन्द गर्ने आदेश दिइएको छ । यो कारबाही पाकिस्तानको मिडिया निगरानी संस्थाको मुद्दामा गरिएको हो । पाकिस्तानी समाचार डन न्यूजका अनुसार च्यानललाई ३० दिनको लागि बन्द गर्ने आदेश दिँदै अदालतले १० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

बोल टिभीका प्रस्तोता सामी इब्राहिमले १३ जनवरीमा लाहोर उच्च अदालतका न्यायाधीशहरूको नियुक्तीको सम्बन्धमा कार्यक्रम बनाएका थिए । उनले कार्यक्रममा अपमानजनक भाषा बोलेका थिए । पाकिस्तानको मिडिया निगरानी संस्थाले च्यानलसँग माफी माग्नको लागि आग्रह गरिएको थियो ।

तर, च्यानल आफ्नो भनाइमा आफू अडिग रहेको बताउँदै आएको छ । उल्टै च्यानलले संस्थासँग कोर्टको नोटिस फिर्ता लिन माग गरेको थियो । त्यसपछि च्यानलले संस्था र अदालतमाथि अपमानजनक शब्द बोलेको भन्दै कारबाही अघि बढाएको हो ।

बोल टिभीमा कार्यक्रम प्रस्तोता पहिल्यैदेखि विवादित छविको प्रस्तोता हुन् । यसअघि पनि एक समारोहमा उपस्थित विज्ञान मन्त्री फवाद चौधरीमाथि प्रधानमन्त्री इमरान खानविरुद्ध षडयन्त्र रचेको आरोप लगाएपछि मन्त्रीले उनलाई थप्पड हानेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४