Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६० वर्षपछि इलामको नयाँ बजार व्यवस्थित बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ११ २०७७
  • 3.7K
    SHARES

इलाम, / इलामको उत्तरी क्षेत्रमा रहेको नयाँ बजारको रौनक फेरीने भएको छ ।स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै यसको रौनक फेरीने भएपछि स्थानीयसमेत दंग परेका छन् ।

इलामको उत्तरी क्षेत्रमा उत्पादन भएको कृषि उपज र दैनिक उपभोग्य सामग्री खरिद बिक्रि हुने नयाँबजारको विकासले गति लिन थालेपछि स्थानीयहरु खुशि भएका छन् ।चिमटाइलो माटो रहेको लेकाली बजारमा पानी पर्नासाथ हिलोले हिडडुलगर्न सक्ने अवस्था थिएन ।

वि.स. २०१० सालमा सन्त बालागुरुले बसाएको इलामको यो नयाँबजार विस्तार हुँदै गएपनि हिउँदमा धुलो र वर्षातमा हिलाम्मे हुँदा स्थानीयले निकै सास्ती खेप्नु परेको थियो ।इलामको उत्तरी क्षेत्रमा उत्पादन हुने कृषि उपज खरिद बिक्रिका लागि भारतका व्यापारीहरु हिलो र धुलोको वास्था नगरि यहि नयाँबजार पुग्थे ।

तर अहिले नयाँबजारको मुहार फेरिँदै गएको छ ।देशको राजनीतिक संरचना फेरिएसँगै नयाँ बजार क्षेत्रमा पक्कि संरचनाको निर्माण धमाधम ुहन थालेपछि स्थानीय पनि खुशी देखिएका हुन् ।

यो नयाँबजार क्षेत्र इलामको उत्तरी क्षेत्रमा उत्पादित कृषि उपजदेखि दैनिक उपभोग्य सामग्री खरिद बिक्रि गर्ने मुख्य केन्द्र हो ।माईजोगमाई गाउँपालिकाको केन्द्र घोषित भएपछि भौतिक पूर्वाधारको विकासका कामले गति लिन थालेपछि बजारको रौनक फेरीदै गएको हो ।

पुरानो बजारलाई व्यवस्थित गर्न ढल निकास, ढलान, ल्याण्डफिल्ड साइड निर्माण, खानेपानीको व्यवस्थित वितरणको संरचना निर्माणको काम धमाधम भईरहेकोछ ।माईजोगमाई गाउँपालिका १ मा अवस्थित नयाँबजारमा पक्कि संरचना बनाउन १ करोड १० लाख रुपैया खर्च भईसकेको छ ।

अहिलेपनि गाउँपालिकाले एक करोड ७० लाख रुपैयामा पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ ।

नयाँ संरचनासंगै नयाँबजारले नयाँ रुप लिदै गएको मात्र छैन यस बजारले सिंगै जिल्लाको आर्थिक सामाजिक र साँस्कृतिक रुपमा गति लिनसक्ने बिश्वास गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४