Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो चकित र सुरक्षित कारमा चढ्दै छन् नवनियुक्त अमेरिकी राष्ट्रपति बाइडेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 3.9K
    SHARES

काठमाडौं । अमेरिकाका नननियुक्त राष्ट्रपति जो बाइडेन २० जनवरीमा शपथ ग्रहण गरी ह्वाइट हाउसमा प्रवेश गरेका छन् । अब राष्ट्रपनि बाइडेनले द बिस्ट नामक कारमा सवारी गर्नेछन् ।

सो कार अमेरिकी राष्ट्रपतिको लागि विशेष रुपले डिजाइन गरिएको छ । राष्ट्रपतिको सो कारको व्यवस्थापन अमेरिकाको खुफिया विभाग, युनाइटेड स्टेट्स सेक्रेट सर्भिसले गर्ने गर्छ । सो कार एक ठाउँबाट अर्काे ठाउँमा लैजान एयरफोर्स वानको प्रयोग गरिन्छ । द बिस्ट विश्वको सबैभन्दा सुरक्षित कार मानिन्छ ।

सो कार आम्र्ड लिमोजिन हो जसलाई २४ सेप्टेम्बर २०१८ को काफिलेमा समावेश गरिएको थियो । सो कारले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाको लिमोजिन क्याडिलाक वानको स्थान लिइएको हो । रिपोर्ट अनुसार सो कारमा डिजेल इन्जिन समावेश गरिएको छ । यसमा ठूलो साइजको रेक्ट्यांगुलर फ्युल फिलर डोरको प्रयोग गरिएको छ ।

सो कार जनरल मोटर्सले निमार्ण गर्छ । सो कारको मूल्य १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । सो कारमा ८००० सीसीको इन्जिन समावेश गरिएको छ जसले ८०० बीएचपीको पावर जेनेरेट गर्छ । यसको ट्यांक ८ इन्च मोटो र बोइङ ७४७ को क्याबिन जति भारी रहेको छ ।

कारको ढोका बन्द भएपछि शतप्रतिशत सिल हुन्छ । सो कारको बडी निर्माणको लागि स्टील, टाइटेनियम, आल्मुनियम र सेरामिकको प्रयोग गरिएको छ । राष्ट्रपति जर्ज डब्ल्यू बुशको पालामा सो कारको नाम द बिस्ट राखिएको थियो । सो कारलाई बलियो बनाउनको लागि च्यासिसको तल ५ इन्च स्टिल प्लेट जडान गरिएको छ । कारलाई ल्यान्डमाइन र बमले पनि केही गर्न सक्दैन ।

कारको सिसा बुलेटप्रुफ बनाउनको लागि पोलिकार्बाेनेटको ५ लेयर प्रयोग गरिएको छ । ड्राइभर साइडको विन्डोको ग्लासलाई ३ इन्चसम्म तल सार्न सकिन्छ । ड्राइभरसँग सम्पर्क ट्रयाकिङ सेन्टरबाट मात्र सम्भव छ । सो कार सेक्रेट सर्भिसका प्रशिक्षित कमान्डो ड्राइभरले मात्र चलाउन सक्छन् । आवश्यक परेको बेलामा सो कार १८० डिग्रीसम्म मोड्न सकिन्छ । रिपोर्ट अनुसार ह्वाइट हाउससँग क्याडिलेकको १२ कपी रहेको छ । सो कारमा सेटेलाइट फोन रहेको छ । जुन पेन्टागन र उपराष्ट्रपतिसँग कनेक्ट रहेको छ ।

कारमा राष्ट्रपतिको ब्लड ग्रुपसँग मेल खाने आरएच–नेगेटिभ ब्लड बैंक पनि रहेको छ । द बिस्टमा कुनै पनि आपतकालको स्थितिसँग जुध्नको लागि अक्सिजन सप्लाईको पनि व्यवस्था रहेको छ । कारको बुट स्पेसमा अक्सिजन सप्लाईको साथै फायर फाइटिङ सिस्टम र स्मोक स्क्रिन डिस्पेन्सर रहेको छ ।

द बिस्टमा क्याभलरी रिइनफोस्र्ड, स्टील रिम्सको टायर रहेको छ । सो टायर कहिल्यै पनि पन्चर हुँदैन । सो टायर पड्किदा पनि यसको गति र क्षमतामा केही असर पर्दैन । सो कारको लम्बाई १८ फिट, उचाई ५ फिट १० इन्च र ६४०० किलोग्रामको रहेको छ । यसमा ७ जना बस्न सकिन्छ । सो कारले ३.७ लिटर तेलमा ८ किलोमिटरको माइलेज दिन्छ । सो कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । साथै ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिडको लागि १५ सेकेन्डको समय लाग्छ ।

कार भित्र राष्ट्रपतिको सुरक्षाको लागि पम्प एक्सन शटगन, अश्रुग्याँस, ग्रिनेड हमलासम्मको लागि विकल्प रहेको छ । यसमा नाइट भिजन क्यामेरा पनि समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४