Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘परदेशी २’ आउँदो बर्षको दशैंमा रिलिज हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १० २०७७
  • 3.2K
    SHARES

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । यो बर्षको दशैंमा रिलिज हुने बताइएतापनि कोरोना भाइरसका कारण यो चलचित्र रिलिज हुन सकेन । अब, निर्माणपक्षले अर्को बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रको छायांकन सकिएसँगै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ चलचित्रको छायांकन सुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन’ निर्माता वंशलले  भने, ‘अब आउँदो वर्ष दशैंमा चलचित्र प्रदर्शन गर्ने घोषणा गर्दछौं ।’
चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए ।

जन न्युज नेपाल खवरसंगको कुराकानीमा निर्देशक रायमाझीले भने, ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौं । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।’
नारायण ईन्टरनेशनल प्रा.ली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् ।

चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् । चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको एक्सन, बि.बि. अनुरागीको संगीत तथा गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४