Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिद्धान्तकाे अर्धशतक र मिनासकाे ५ विकेटमा प्रदेश १ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । कप्तान सिद्धान्त लाेहनीकाे अर्धशतक अनि मिनासले थापाकाे ५ विकेटपछि प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेकाे छ ।

समूह ए मा रहेकाे प्रदेश १ यसअघिका तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेकाे थियाे । अन्तिम खेल जित्दै प्रदेश १ ले प्रतियाेगितामा सुखद अन्त्य गरेकाे छ ।

कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश १ ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरी  ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१५ रन बनाएको थियाे ।

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेश ३५ ओभरमा १५६ रनमा अलआउट भयाे । कर्णालीका लागि ओपनर विपिन रावलले ४७ र निशान रावलले ३१ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न प्रदेश १ का मिनास थापाले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ र मनाेज तामाङले २ विकेट लिए ।

त्यसअघि प्रदेश १ का लागि कप्तान लोहनीले सर्वाधिक ६६ र बनाए । उनले ९७ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै शुभांकर उराउले ३६ र मिनास थापाले २५ रन जोडे । श्रवण यादव र फिर्दोस अन्सारीले समान १७ र राजन मगरले १० रन बनाए ।

बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३ तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए । ४ खेल खेल्दा प्रदेश १ ले एक खेल जित्दै २ अंक मात्र जाेड्याे ।

यस्तै कर्णालीले ३ खेल खेल्दा २ खेलमा हार व्यहोरेको छ र उसले २ अंकमात्र जोडेको छ । कर्णालीकाे हारपछि तीन खेल जित्दै ६ अंक जाेडेर शीर्ष स्थानमा रहेकाे त्रिभुवन आर्मी एक खेल अगावै सेमिफाइनल पुगेकाे छ ।

समूह ए मा अब एपीएफले कर्णाली प्रदेशसंग र आर्मीसंग खेल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४