Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा लागेका छौं : राजेन्द्र महतो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 3.4K
    SHARES

सप्तरी,/जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा आफुहरु लागेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र संघीयतामाथिनै प्रहार भएकाले यसको रक्षा गर्न अघि बढेको बताउनुभयो ।

लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको उहाँले आरोप लगाउनुभयो ।

प्रतिनिधिसभा पुर्नस्थापनानै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै महतोले अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको बताउनुभयो ।

सम्मानित अदालतबाट आउने फैसला आफुहरुलाई मान्य हुने बताउँदै उहाँले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ ।

अर्को प्रसंगमा उहाँले नेपाल–भारतबीच सदियौंदेखि बेटीरोटीको सम्वन्ध रहँदैआएकोमा वर्तमान सरकारले सिमामा आवागमनमा रोक लगाएर उक्त सम्वन्धमा समेत तिक्तता ल्याउने कार्य गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४