Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिएम कप क्रिकेटमा कर्णालीलाई २ सय १६ र बागमतीलाई १ सय ७८ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ९ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री (पिएम)कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतका पाचौँ दिनका शुक्रबार दुई खेल भइरहेका छन् । शुक्रबार प्रदेश १ मा कर्णाली प्रदेश तथा प्रदेश २ र बागमती प्रदेश बीचको खेल जारी छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य दिएको छ । प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १६ रन बनाएको छ । उसनक लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकिय पारी खेले । उनले ९७ बलको सामना गर्दै ९ चौकाको मद्दतले ६६ रन बनाए ।

यस्तै, शुभाङ्कर उराव ३६, मिनाष थापा २५ तथा फिरदोस अन्सारी र श्रवण यादवले समान १७–१७ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका रविन्द्र शाहीले ३, दिनेश अधिकारी र अनुज चुनराले २–२ विकेट लिए ।

उता मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले बागमती प्रदेशलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले ४८.२ ओभरमा १ सय ७९ रन बनाएको हो ।

प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेलेका छन् । ७४ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए । यस्तै राहुलप्रताप सिंह १८, कुमार थापा २२, सुधिर चौधरी १५ र सुरज कुर्मीले १३ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका गौतम केसी एक्लैले ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए ।

अहिले कर्णाली प्रदेश र बागमती प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४