Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तरीक्ष प्रविधिमा जापानको चमत्कार, बनाउँदैछ काठको स्याटेलाइट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । जापानले विश्वमै पहिलोपटक काठबाट बनेको स्याटेलाइट तयार गर्दैछ । जापानको एक कम्पनी तथा त्यहाँको क्योटो विश्वविद्यालयले संयुक्त रुपमा मिलेर काठको स्याटेलाइट निर्माणको काम गरिरहेका छन् ।

सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले निर्माण गरिरहेको काठको स्याटेलाइट सन् २०२३ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार उक्त प्रयोजनका लागि वनस्पतीको वृद्धि र अन्तरीक्षमा काठका सामाग्रीको उपयोगका विषयमा अनुसन्धान समेत सुरु गरिएको छ । स्याटेलाइटमा प्रयोग गर्नुअघि काठका उक्त सामाग्रीलाई पृथ्वीका विभिन्न खाले वातावरणहरुमा परीक्षण गरिनेछ ।

स्याटेलाइटहरुको बढ्दो संख्याका कारण अन्तरीक्षमा फोहोरको मात्रा बढिरहेको छ, जसलाई स्पेस जंक भनिन्छ ।

काठको स्याटेलाइट पृथ्वीको वातारणमा फर्किनेबित्तिकै जल्ने खालको हुनेछ । तर त्यसबाट कुनै पनि हानिकारक पदार्थ निस्कदैन र कुनै टुक्रा वा भग्नावशेष पनि पृथ्वीमा झर्ने छैन ।

जापानी अन्तरीक्षयात्री तथा क्योटो विश्वविद्यालयका प्राध्यापक ताका दोई भन्छन्, ‘सबै विद्यमान आम उपग्रहहरु जो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दछन्, त्यस क्रममा स–साना आल्मुनियमका कण निर्माण हुन्छन् । त्यस्ता धातुका कणहरु वर्षौँसम्म वायुमण्डलको माथिल्लो तहमा तैरिएर रहन्छन् । जुन निकै चिन्ताजनक अवस्था हो । किनकी यसले पृथ्वीको पर्यावरणलाई हानी गर्दछ ।’

उनी भन्छन्, ‘अघिल्लो चरणमा स्याटेलाइटको इन्जिनियरिङ मोडेलको विकास गरिनेछ । पछि उडान भर्नसक्ने मोडेल बनाइनेछ ।’ स्मरण रहोस् दोई सन् २००८ मा अन्तरीक्ष स्टेसनमा पुगेका थिए ।

दोई अन्तरीक्षमा बुमर्याङ्ग फ्याँक्ने पहिलो अन्तरीक्षयात्री पनि हुन् । उक्त बुमर्याङ्ग उपकरणलाई विशेष रुपले माइक्रोग्राभिटीमा उपयोगका लागि डिजाइन गरिएको थियो ।

सुमितोमो फरेस्ट्री कम्पनीले तापक्रम परिवर्तन तथा सूर्यको प्रकाशको सामना गर्न सक्ने खालको प्रतिरोधी काठका सामाग्री विकास गर्ने दिशामा काम गर्दैछ । अनुसन्धानका लागि प्रयोग गरिने काठका विषयमा अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन, अर्थात् गोप्य राखिएको छ ।

अन्तरीक्षमा फोहोर

विशेषज्ञहरुका अनुसार पृथ्वीमा खस्ने अन्तरीक्षका फोहोरको बढ्दो संख्या खतरनाक तहमा पुग्दैछ । किनकी अन्तरीक्षयान तथा उपग्रहहरुको प्रक्षेपणको दर बढिरहेको छ ।

सञ्चार, नेभिगेसन तथा मौसमको पूर्वानुमान लगायतका लागि उपग्रहहरु तीव्र रुपमा लञ्च गरिँदैछ । अन्तरीक्ष विशेषज्ञ तथा शोधकर्ताहरु अन्तरीक्षको फोहोर हटाउन वा कम गर्नका लागि विभिन्नखाले जाँचहरु गरिरहेका छन् । वर्ल्ड इकोनोमिक फोरमका अनुसार झण्डै ६ हजार कृत्रिम उपग्रहहरुले पृथ्वीको परिक्रमा गरिरहेका छन् । त्यसमध्ये करीब ६० प्रतिशत तथा निकम्मा छन् । जसले स्पेस जंक वा अन्तरीक्षको फोहोरको अधिकांश हिस्सा ओगटेका छन् ।

रिसर्च कम्पनी युरोकन्सल्टको एक प्रक्षेपणका अनुसार आगामी एक दशकमा हरेक वर्ष ९ सय ९० स्याटेलाइटहरु लञ्च गरिनेछ । जस अनुसार सन् २०२८ सम्ममा अन्तरीक्षको पृथ्वीको कक्षमा १५ हजार स्याटेलाइट हुनेछन् ।

एलन मस्कको कम्पनी स्पेस एक्स एक्लैले ९ सयभन्दा धेरै स्टारलिंक उपग्रह लञ्च गरिसकेको छ । कम्पनीले अझै पनि हजारौँ स्याटेलाइट लञ्च गर्ने योजना बनाइरहेको छ ।

स्पेस जंक २२ हजार ३०० माइल प्रतिघण्टा भन्दा तीव्र गतिमा घुम्दछन् । त्यसैले त्यस्ता फोहोरहरु कुनै पनि वस्तुमा ठोक्किँदा त्यसले भयानक नोक्सान पुर्याउँदछ ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४