काठमाडौं,/ नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका हुन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।
२४ घण्टामा देशभर ५०३० जनाको पीसीआर परीक्षण भएको छ ।गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् ।योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् ।काठमाडौंमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थपिए छन् ।हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेका छन् ।