Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदाई सम्बोधनमा ट्रम्पले भने– हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ७ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् ।

एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार (आज) नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’

ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आजै सपथ ग्रहण गर्दैछन् ।

ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।

छोटो सम्बोधनका क्रममा उनले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा चर्चा गरेका छन् । ट्रम्पले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता स्थापित गरेको दाबीसमेत गरे ।

सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उनले ट्रम्पले यसमा आफूलाई गौरव महसुस भएको पनि बताए । हिंसालाई अमेरिकाले कहिले पनि नसहने पनि ट्रम्पले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४