Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमालय एयरलाइन्सले ल्हासामा गर्‍यो परीक्षण उडान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ६ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।

ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ ।

बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे -स्थानीय समय)मा अवतरण गरेको थियो । यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजेट अवतरणको योजना बनाइएको छ ।

ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९-११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ । यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् । यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको हो ।

ल्हासास्थित विमानस्थल रहेको स्थान ३,५७० मीटर अर्थात् ११ हजार ७११ फिट उचाइमा छ । कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठका अनुसार ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हिमालय पहिलो र एक मात्र अन्तराष्ट्रिय वायुसेवा कम्पनी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४