Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाट्सएपले भन्यो – फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 2.9K
    SHARES

ह्वाट्सएप आफ्नो नयाँ प्राइभेसी नीति लागू गर्ने तयारीमा छ । नयाँ नीति लागू भएसँगै ह्वाट्सएप प्रयोगकर्ताका डाटाहरु फेसबुकसँग साझेदारी गरिने भनिएसँगै लाखौँ प्रयोगकर्ताहरु ह्वाट्सएपबाट बाहिरिन थालेको खबर सार्वजनिक भैरहेको छ । ह्वाट्सएपको नयाँ गोपनीयता नीतिलाई लिएर मानिसहरुले यसको आलोचनासमेत गरिरहेका छन् ।

यिनै आलोचनाहरुको बीचमा ह्वाट्सएपले आफ्नो नयाँ प्राइभेसी नीतिका विषयमा सफाइ पेस गरेको छ ।

ह्वाट्सएपले प्रयोगकर्ताका लागि ह्वाट्सएपमा सन्देश पठाउँदै भनेको छ कि प्रयोगकर्ताको गोपनीयता कायम राख्नका लागि ऊ प्रतिबद्ध छ ।

जनवरी १७ आइतबारको बिहान जब प्रयोगकर्ताहरुले आफ्नो डिभाइसमा ह्वाट्सएप चलाउन सुरु गरे तब स्टाटस सेगमेन्टमा ह्वाट्सएपको एक स्टाटस देखा पर्‍यो । जसमा प्राइभेसी नीतिका विषयमा उल्लेख गरिएको छ । त्यसमा ह्वाट्सएपले आफू प्रयोगकर्ताको प्राइभेसीका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

अन्य तीनवटा मेसेजमा लेखिएको छ कि ह्वाट्सएपले प्रयोगकर्ताका निजी कुराहरु पढ्न वा लेख्न सक्दैन किनकि ह्वाट्सएपमा मेसेजहरु एण्ड टू एण्ड एन्क्रिप्टेड हुन्छन् ।

साथै ह्वाट्सएपले प्रयोगकर्ताको शेयर भएको लोकेसन पनि देख्न नसक्ने र ह्वाट्सएप प्रयोगकर्ताका कन्ट्याक्टहरु फेसबुकसँग शेयर नगरिने पनि ह्वाट्सएपको सन्देशमा भनिएको छ ।

यसअघि अघिल्लो हप्ता ह्वाट्सएपले एपको माध्यमबाट प्रयोगकर्तालाई एक नोटिफिकेसन पठाउँदै उसले प्राइभेसी नीतिमा परिवर्तन गर्न लागेको जनाएको थियो । फेब्रुअरी ८ सम्म नयाँ नीतियुक्त अपडेटमा सहमति नजनाएमा ह्वाट्सएप चलाउन नसकिने ह्वाट्सएपको भनाइ थियो ।

उक्त खबरप्रति प्रयोगकर्ताहरुको तीव्र आलोचनासँगै एक ट्वीटमार्फत् ह्वाट्सएपले उक्त गोपनीयता नीतिको अपडेटलाई आगामी मेसम्मका लागि स्थगत गरहेको घोषणा गरिसकेको छ । साथै उसले कुनैपनि प्रयोगकर्ताका ह्वाट्सएप अकाउन्ट डिलिट वा सस्पेन्डसमेत नगरिने प्रष्ट पारेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४