Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुपर कपको उपाधि बिल्बाओलाई, मेस्सीलाई रातो कार्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ५ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । अतिरिक्त समयमा बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गय राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि जितेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटियो ।

बार्सिलोनाका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४