Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिल्लाका चारवटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 4.7K
    SHARES

 

मुगु,/ हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेस मुगुले शनिबार विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले जनताको मनोभावना माथि कुठारा घात गरेको भन्दै नेपाली कांग्रेसले मुगुका एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिका र अन्य तिन गाउँपालिकामा -याली सहितको विरोध प्रदर्शन गरेको गरेको हो ।

कम्युनिष्ट पार्टी नेकपाले अब कुनाकुना, गल्लीगल्लीमा पुगी टर्च लगाएर आफ्ना कार्यकर्ता खोज्ने दिन आएको बताए । विगतका दिनहरुमा नेपाली कांग्रेसलाई नेकपाले दिएको यस्तो अभिव्यक्ति स्मरण गराउँदै उपसभापति मल्लले अब कांग्रेसका ती दिन हटेको बताए ।

पहिला आफुलाई यस्ता नानाथरिका अभिव्यक्ति  दिएर जनतामाझ झुटा आश्वासन बाँड्ने, विभिन्न प्रकारका लाञ्छना लगाईएको बताउँदै नेकपाले आफ्नो दुई तिहाई सरकारको दम्भ देखाएर यस्तो अभिव्यक्ति दिएको उनको भनाई थियाे । अब यो भनाई उल्टै नेकपातिर उल्टिएको पनि उनले बता

शनिबार छायानाथ रारा नगरपालिका नगर कार्य समितिले आयोजना गरेको विरोध सभामा उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार तिलक बहादुर मल्लले कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको बताए । यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासन मात्रै बाँडिरहेको उनकाे भनाइ थियाे ।  मुगु जिल्ला बाट निर्वाचित भई गएका नेकपाका ६ वटा सांसदले मुगाली जनताका चाहनाअनुसार काम नगरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४