‘प्रधानमन्त्रीको स्वेच्छाचारीलाई अदालतले सही फैसला गर्ने विश्वास लिएका छौं,’ उनले भने, ‘हामीे अदालको फैसला पर्खेर बसेका छौं । अदालतले पनि स्वेच्छाचारीलाई साथ दिए, त्यो हामीलाई मान्य हुँने छैन । संविधानको रक्षाका लागि सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गछौं ।’
नेता राईले जसपा निर्वाचनबाट नभागेको तर, प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध सड्कमा आएको स्पष्ट पारे ।
‘कोरोनाको महामारीले व्यवसायी थला परेका छन्, जनतालाई दैनिकी चलाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘तर, प्रधानमन्त्री ओली जीलाई भने राज्यलाई अर्बौंको व्यायभार पर्नेगरी चुनाव चाहियो रे, जनताले चुनाव हैन, विकास र समृद्धि चाहेका छन् । त्यसैले हामी सड्कमा आयौं ।’
