Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 2.9K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउने मेयरको निर्णयमा हस्ताक्षर गर्दै स्वीकृति दिनुभएको छ । गत हप्ता ट्रम्प समर्थकले क्यापिटल हिल आक्रमण गर्नेबित्तिकै वासिङ्टन शहरका मेयरले शहरमा १५ दिन संकटकाल लगाउने निर्णय गर्नुभएको थियो ।

ट्रम्प समर्थकले संसद भवनमा क्यापिटल हिलमा छिरेर त्यहाँ तोडफोड र आगजनी गरेका थिए । सम्भावित हिंसा भड्किन नदिनको लागि संकटकाल लगाइएको अधिकारीहरुको भनाइ छ । संकटकाल लगाइएसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । घटनामा १ महिलासहित ५ जनाको मृत्यु भएको छ ।

३० जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्नुहुनेछ । डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब मात्र ८ दिन छ । तर, उनी राष्ट्रपति हुनु राष्ट्रकै लागि घातक भएको भन्दै सांसदहरू हटाउन लागिरहेका छन् ।

उनीविरुद्ध मंगलबार महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ । यसअघि पनि उनिमाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो । संसदको माथिल्लो सदन सिनेटले अस्वीकृत गरिदिएको थियो । अमेरिकामा महाअभियोग प्रस्ताव पास हुनको लागि सिनेटका दुईतिहाइ सांसदले अनुमोदन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४