यस अवधिमा कम्पनीले आफ्ना वस्तु तथा सेवा बिक्रीबाट कूल ५६ अर्ब डलर आम्दानी गरेको छ ।
सामसुङका इलेक्ट्रोनिक्स उपकरण तथा डिस्प्ले प्यानल लगायतका प्रडक्टहरुको माग मजबुत रहेकोमा यो ट्रेण्ड आगामी दिनमा पनि जारी रहने र स्मार्टफोन बजारमा भने सामसुङले कठोर प्रतिस्पर्धाको सामना गरिरहनुपर्ने विश्लेषकहरुले बताएका छन् ।
गत वर्ष चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले सामसुङलाई पछि पार्दै विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी बनेको थियो भने एप्पलले आफ्नो पहिलो फाइभ जी स्मार्टप्mोन लञ्च गरेको थियो । उक्त परिप्रेक्ष्यमा सामसुङले बजारमा अभूतपूर्व प्रतिस्पर्धाको सामना गर्नु परेको छ ।
यावत् परिस्थितिका बाबजुत चालू वर्ष सन् २०२१ मा सामसुङको आम्दानी मजबुत नै रहने र यसमा स्मार्टफोन र मेमोरी चिप्सको उच्च बिक्रिदरको योगदान रहने विश्लेषण गरिएको छ । आसन्न सामसुङ ग्यालेक्सी ए–२१ बजारमा आएसँगै सामसुङले स्मार्टफोन बजारमा यो वर्ष तहल्का मच्चाउने अनुमान गरिएको छ ।
सामसुङले यही जनवरी महिनाको अन्त्यतिर ग्यालेक्सी ए–२१ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइएको छ ।
–एजेन्सी
