Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग जाँदै, निर्वाचन प्रक्रिया रोक्न सुझाव दिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 8.3K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् ।

आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान लागेका हुन् ।

‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको हो’, ती नेताले भने ।

यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । आयोगसँग पुस २३ मा पठाएको पत्रबारे पनि थप प्रष्ट पारिने भएको छ ।
आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४