Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोखा हत्याकाण्ड : श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 4.1K
    SHARES

पोष्टमार्टम गर्ने डाक्टरले के भने ?

काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार राति मृत भेटिएकी सुदिक्षा गिरीले उनको श्रीमान उमेश केसीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक विवरण प्रहरीलाई दिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘हालसम्मको अनुसन्धान, पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले हत्यापछि आत्महत्या नै गरेको हुनसक्ने देखिएको छ । अन्य पाटोबाट पनि विस्तृत अनुसन्धान गरिरहेका छौं ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसन्धान अधिकृतका अनुसार केसीको बायाँपट्टीको टाउको फ्याक्चर हुने गरी सिलौटो प्रहार गरिएको पाइएको छ । ‘रगत लत्पतिएको सिलौटो बरामद भइसकेको छ, प्रहारबाट उच्च रक्तश्राव भइ मृत्यु भएको चिकित्सकहरुको भनाइ छ’, अनुसन्धानमा संलग्न अधिकृतले  भने, ‘चित्सिकहरुको निष्कर्ष डेथ ड्यु टु ब्लन्ट फोर्स इन्जुरी भन्ने छ ।’

चिकित्सकका अनुसार केसीको शरीरको अन्य भागमा कुनै चोटपटक देखिएको छैन । उनको मृत्युको करिब १२ घन्टापछि मात्रै सुदिक्षाले आत्महत्या गरेको भनिएको छ । ‘उमेशको शव नै सड्न लागेको अवस्थामा भेटिएको थियो, हेर्दै अलि पुरानो हुनसक्ने आशंका गरेका थियौं’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘सुदिक्षाको घाँटीमा लिगेचर मार्कबाहेक अन्य कुनै पनि संकेत शरीरमा देखिएको छैन ।’

घटनास्थलको अन्य वस्तुस्थितिले पनि उनले आत्महत्या नै गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४