Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरको गठ्ठाघरमा मोटरसाइकल एकापसमा ठोक्किदा एकको मृत्यु, तीन जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 4.6K
    SHARES

भक्तपुर, / अरनिको राजमार्ग अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ नम्बर मोटरसाइकल र सोही दिशामा जाँदै गरेको बा५३प ९८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा उदयपुर लिमचुङबुङ गाउपालिका–१ घर भई हाल मध्यपुर थिमी न.पा.-३ बस्ने मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सोही मेटरसाइकलमा सवार ऐ.ऐ. बस्ने बर्ष २४ की मनिकला राई गम्भीर घाइते भएकी छन् । उनको केएमसी. अस्पतालमा उपचार भइरहेको परिसर भक्तपुरले जनाएको छ ।

अर्का घाइते बा.५३प. ९८६४ नम्बरको मोटरसाइकल चालक रौतहट गौर न.पा. ८ घर भई हाल ललितपुर मंगलबाजार बस्ने वर्ष ४१ को युवराज वि.क.को सामान्य उपचारपछि सवारी साधनसहित महानगरीय प्रहरी बृत थिमीको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्र.ना.उ. दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४