Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआरएनएको विशेष महाधिवेशन विवाद के हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 8.4K
    SHARES

अध्यक्ष भन्छन् : तोकिएकै मितिमा हुन्छ

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीको २३ र २४ गते गर्न लागेको विशेष महाधिवेशनको विषयमा अहिले दुई पक्षबीच विवाद छ । अध्यक्ष कुमार पन्त महाधिवेशनको तयारीमा छन् भने नवौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका कुल आचार्य समूहले महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन नै दिएको छ ।

तर अध्यक्ष पन्त विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने बताउँछन् । ‘परराष्ट्र मन्त्रालयमा मैले बुझ्दा, अधिवेशन रोक्नुपर्ने आवश्यकता छैन, आफ्नो काम तयारी गरेर अगाडि बढाउनुहोस् भनिसकेको अवस्था छ’ उनले  भने ।

भर्चुअल रुपमा हुने विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै एनआरएनको संरचनामा ब्यापक हेरफेर गर्ने तयारी गरेको छ ।  आचार्य समूहले भने विधान संशोधनजस्तो महत्वपूर्ण विषय भर्चुअल माध्यमबाट गर्न नहुने बताउँदै आएको छ ।

‘विधान संशोधनजस्तो गम्भीर बिषय भर्चुअल रुपमा गर्दा सबैको भावना समेटिदैन । त्यहाँ बोल्न दिन पनि मिल्छ, नदिन पनि मिल्छ’ आचार्यले भने, ‘अर्को दुर्भाग्यको कुरा, २ बर्षका लागि बनेका सदस्यहरु अहिले नयाँ सदस्य बनाएर विशेष महाधिवेशनमा लैजाने चेष्टा गर्दै हुनुहुन्छ । नयाँ प्रतिनिधि बनाउदैछौं भने चुनाव गरेर नेतृत्व पनि छान्नुपर्‍यो ।’

तर अध्यक्ष पन्तले विशेष महाधिवेशनबाट विवादित, गम्‍भीर प्रकृतिका र संगठनको भविष्यमा असर पार्ने खालको विषयमा निर्णय नगर्ने बताएका छन् । उनले एनआरएनएको निर्वाचनमा पराजित भएकाहरुले महाधिवेशनमा अवरोध गर्न खोजेको बताए । ‘केही साथीहरुमा चुनावको रिफ्लेक्सन पनि देखिन्छ । मैले त्यही रुपमा नै बुझेको छु’ पन्तले भने ।

आचार्यले विशेष महाधिवेशनलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् । ‘नवौं अन्तर्राष्ट्रिय महाधिवेशनले तीन  महिनाभित्र त्यतिबेला पारित नभएको सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नुपर्ने म्यान्डेट दिएको हो । तर विधान जस्तो संस्थाको मेरुदण्डतर्फ लागेर नेतृत्वले समय बर्बाद पारिरहेको छ’ उनले अनलाइनखबरसँग भने ।

विशेष महाधिवेशन कोषेढुंगा बन्छ : महासचिव डा. शर्मा 

संघका महासचिव डा. हेमराज शर्माले विशेष महाधिबेशन संघको निर्वाचनमा हुने विकृति अन्त्यका लागि कोषेढुंगा सावित हुने बताए । उनका अनुसार विधान संशोधन गरेर धेरै राम्रो व्यवस्था गर्न लागिएको छ ।

अब एनआरएनएमा युवा उपाध्यक्ष, ६ क्षेत्रमा एक एक जना युवा संयोजक, युवा उपसंयोजक रहने व्यवस्था गरिनेछ भने युवाको उमेर हद ४० वर्षबाट घटाइएको छ । त्यस्तै महिला उपाध्यक्ष, १ जना महिला सचिव, १ महिला सहकोषाध्यक्ष, ६ क्षेत्रमा एक/ एक जना महिला संयोजक, महिला उपसंयोजक रहने व्यवस्था गरिने शर्माले बताए ।

मनोनित एनआरएनए आईसीसी सदस्यमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको पनि शर्माले बताए ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद (एनसीसी) ले अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को निर्वाचनका लागि ५ प्रतिशत विज्ञ र विशेषज्ञ चयन गर्नुपर्ने व्यवस्था पनि विशेष महाधिवेशनबाट गरिने महासचिव शर्माले बताए ।

एनसीसीबाट चयन हुन छुटेका विज्ञ र विशेषज्ञहरुलाई आईसीसी अध्यक्षले प्रतिनिधिमा छनोट गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । ‘मनोतित आईसीसी सदस्यमध्ये ३३ प्रतिशत विज्ञ र विशेषज्ञबाट चयन हुने व्यवस्था गरिएको छ’ उनले भनेका छन् ।

शर्माले आईसीसीको नेतृत्व चयन गर्ने प्रतिनिधिहरुको छनोट प्रक्रियालाई वैज्ञानिक र पारदर्शी बनाइने बताएका छन् । ‘एनसीसी र आईसीसीमा एक कार्यकाल काम गरेका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्राथमिकताको आधारमा प्रतिनिधिको चयन गर्ने व्यवस्था गरिएको छ । एनसीसीले पठाउने प्रतिनिधिहरु अब निर्वाचित भएर जानुपर्नेछ । विज्ञ, विशेषज्ञ र शुभेच्छुकलाई १० प्रतिशत कोटा छुट्याइएको छ’ उनले भनेका छन् ।

हेर्नुहोस् एनआरएनएको विधान संशोधन प्रस्ताव

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४