Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हललाई ‘बक्स अफिस कोर्ड’ नदिन संचार मन्त्रालयको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 3.1K
    SHARES

सीसीएमसीले चलचित्र हलहरु संचालनका लागि अनुमती दिन मन्त्रीपरिषद्लाई पत्र लेखेपनि मन्त्रीपरिषद्बाट भने निर्णय भएको छैन । जसलेगर्दा, पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका हल संचालकहरुले चलचित्र त रिलिज गरिरहेका छन्, तर सरकारले भने औपचारिक रुपमा हल खोल्न दिने निर्णय गरेको छैन ।

पौष १० गतेबाट हलहरुमा चलचित्र रिलिज भैरहँदा सरकारले भने बक्स अफिस कोर्ड उपलब्ध गराएको छैन । जसलेगर्दा, हलबाट उठ्ने राजश्व पनि उठ्न सकेको छैन । चलचित्र विकास बोर्डलाई संचार, सूचना तथा प्रविधी मन्त्रालयले बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले  भने–‘सीसीएमसीले हल खोल्नका लागि अनुमती दिन भनिसकेपछि पनि मन्त्रीपरिषद्ले निर्णय गरेको छैन । यसैले, निर्णय गरिदिन आग्रह गर्नका लागि म मन्त्रालय धाइरहेको छु । मेरो तर्फबाट हुने काम मैले रोकेको छैन । तर, बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन आएकाले मैले उपलब्ध गराउन सकेको छैन । तर, यसका लागि म निरन्तर लागिरहेको छु ।’

सरकारले मंसिर १० गते चलचित्र छायांकनको अनुमती दिने निर्णय गरेको तर आफूलाई पत्र भने पौष ४ गतेमात्र आएको अध्यक्ष दाहालले बताए । आजबाट हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । संचार मन्त्रालयले विकास बोर्डलाई नयाँ चलचित्र रिलिजका लागि सेन्सर अनुमती नदिन पनि भनेको थियो । तर, विकास बोर्ड अध्यक्ष दाहालले आफूले यो काम नरोकेको बताए । जसकाकारण, आजबाट हलिउड चलचित्र रिलिज भएको छ । तर, सरकारले बक्स अफिस कोर्ड भने उपलब्ध नगराउन भनेको छ ।

अध्यक्ष दाहालले भने–‘मन्त्रीहरु जिल्ला–जिल्लामा पुगेर सभा गर्दा कोरोना नसर्ने, हलमा ५० प्रतिशत अकुपेन्सीमा दर्शक राखेर चलाउँदा कोरोना सर्छ र ? म यसैको लागि कुरा गर्न मुख्य सचिवलाई भेट्ने कोशिशमा छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४