Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको मुद्दामा पेशी नै तोकिएन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसका आधारमा बसेको परिषद् बैठक र त्यसले गरेका निर्णयमाथि चुनौती दिँदै सर्वोच्च अदालतमा परेका निवेदनहरूको सुनुवाइ आज पनि नहुने भएको छ ।

सर्वोच्च अदालतले आज संवैधानिक इजलासको इजलास नै तोकेको छैन । त्यसले गर्दा अध्यादेशमाथिको सुनुवाइ कम्तीमा पनि एक साता सरेको छ । आगामी बुधबारको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनका मुद्दा नै प्राथमिकतामा छन् । त्यसपछि शुक्रबार मात्रै इजलास बस्ने छ ।

संविधानमा भएको व्यवस्था संकुचित हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको र त्यो काम संविधानसम्मत नभएको भनी सर्वोच्चमा निवेदनहरू परेका छन् । निवेदनमा अध्यादेशअनुसार बसेको परिषद् बैठकको निर्णय पनि बदर हुनुपर्ने माग छ ।

संविधानमा अनिवार्य संसदीय सुनुवाइको व्यवस्था भएकोमा संसद्को नियमावलीले सिफारिसको ४५ दिन कटेमा नियुक्ति दिन बाधा पर्ने छैन भन्ने व्यवस्था खारेजीको माग राखेर अर्को निवेदन पनि दर्ता भएको छ । यी निवेदनहरूलाई सर्वोच्च अदालत नेतृत्वले सम्बोधन गर्न रुचि नदेखाएको टिप्पणी हुन थालेको छ ।

संवैधानिक परिषदको बैठकमा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा पनि बस्नुभएको थियो । मुद्दाको पेशी तोकेर सुरु गरेको अवस्थमा उहाँ माथि पनि कारण देखाऊ आदेश जारी गर्नसक्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४