Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधिसहित १६ जनाविरुद्ध अख्तियारमा उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 2.7K
    SHARES

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरमा संस्थागत भ्रष्टाचार मौलाएको छ । बाराका १६ स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरमा तीन वर्षयता दर्जनौं शीर्षकमा अख्तियारमा परेको उजुरीमा पहिलो देखिएको छ ।

स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित पक्षबीच मिलोमतो देखिएको भन्दै अधिकांश उजुरी परेपछि अन्य तहको तुलनामा जीतपुरसिमरा उपमहानगर अख्तियारमा उजुरीको तथ्याङ्कमा उच्च देखिएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लास्थित १६ स्थानीय तहको कार्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियार अनुसन्धान आयोग हेटौँडामा १ सय ६४ उजुरी परेका छन् जसमा अन्य तहभन्दा अत्यधिक जितपुर सिमरा उपमहानगरको रहेको आयोगले जनाएको छ ।

कतिपय तहको उजुरी आफूले काम नपाएको आक्रोशमा दिएको देखिए पनि जीतपुरसिमरा उपमहानगरमा भने तीन वर्षदेखि संस्थागत भ्रष्टाचार विरुद्धनै उजुरी परेको अख्तियारले जनाएको छ । उपमहानगरको ७ जनप्रतिनिधि, ९ कर्मचारी र ५ अन्य व्यक्तिको नाममा भ्रष्टाचारको उजुरी परेको अख्तियार हेटौंडा कार्यालयको उच्च श्रोतले जनाएको छ ।

अनियमितता भएको हुन सक्ने स्वीकार्दै मोर्चाबन्दीका कारण अख्तियारमा जितपुर सिमराको उजुरी बढी परेको हुनसक्ने जीतपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४