धनगढी, / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आइपुग्नुभएको छ ।
धनगढीमा आज भईरहेको नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्न उहाँ धनगढी पुग्नुभएको हो । काठमाडौँबाट विमानमार्फत धनगढी एयरपोर्टमा उत्रिएकार प्रधानमन्त्रीसहितको टोली नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा आराम गर्नका लागि प्रस्थान गर्नुभएको थियो ।
दिउँसो १ः३० बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधान गर्ने कार्यक्रम रहेको छ । धनगढी खुल्ला मञ्चमा कार्यक्रम आयोजना गरिएको छ ।
नकपाकै प्रचण्ड-नेपाल समुहको पकड मानिएको सुदुरपश्चिम प्रदेशमा प्रतिनिधि सभा विघटनपछि पहिलोपटक हुन लागेको बृहत्तर जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुग्नुभएको हो । प्रधानमन्त्रीले सम्बाेधन कार्यक्रमलाई विशेषरुपले हेरिएको छ भने धनगढीकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।