Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुगुमा नेकपाकै कार्यकर्ताले गरे प्रधानमन्त्री ओलीको पुत्ला दहन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 6K
    SHARES

 मुगु /  हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । प्रचण्ड-माधव गुटका कार्यकर्ताले प्रधानमन्त्रीको पुल्ता दहन गरेका हुन् ।

यही पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै देशभरि प्रधानमन्त्रीका विरुद्ध प्रचण्ड-माधव समूहका कार्यकर्ताले विरोध जनाउँदै आईरहेका बेला बिहीबार मुगुमा रहेका साे समूहका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुल्ता दहन गरेका छन् ।

अनेरास्ववियु केन्द्रिय कार्यालयको सर्कुलरअनुसार बिहीबार ५ बजेतिर प्रचण्ड-माधव गुटका कार्यकर्ताहरूले मुगु सदरमुकाम गमगढीको कृष्ण चोकमा जम्मा भई नाराबाजी गर्दै प्रधानमन्त्रीको पुल्ता दहन गरेकाे अनेरास्ववियु रारा क्याम्पसका सभापति चन्द्र प्रकाश मल्लले बताए । उनका अनुसार प्रतिगामी सरकारले जनताको हितविपरित काम गरी तथा संविधानको उल्घन गरी संसद विघटन गरेकाले त्यसको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुल्ता दहन गरिएको हाे ।

यता अर्का युवानेता तथा अनेरास्ववियु नगर संयोजक रविन कुमार मल्लका अनुसार असंवैधानिक क्रियाकलापमा संविधान कुल्चिएकाेले विराेध गर्नुपरेकाे हाे  । नेपालको संविधानमाथि कु गरेर  जनमतलाई बेवास्ता गरी संसद विघटन गरी जनतामाथि अन्याय गरेका कारण पुल्ता दहन गर्न बाध्य भएकाे मल्लले बताए ।

प्रधानमन्त्री ओलीको पुत्ला दहनकै क्रममा प्रहरीसँग झडप तथा धरपकड पनि भएको प्रचण्ड-माधव गुटका कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४