Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 4.6K
    SHARES

चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ ।

चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन ।

गायकद्धय प्रकाश सपूत, दुर्गेश थापा लोकदोहोरी गीतका भिडियोमा काम गर्ने महंगा मोडल हुन् । उनीहरुले ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै, अहिले मोडल रियाशा दाहालको माग पनि लोकदोहोरीमा राम्रै छ । उसो त, उनका भिडियोले गतिलो भ्यूज भने पाउन सकेका छैनन् ।

उनी लोकदोहोरी भिडियोमा अभिनय गरेको ६० हजारसम्म पारिश्रमिक लिन्छिन् । केही वर्ष पहिलेसम्म लोकदोहोरीमा शंकर बिसीको दबदबा थियो । तर, अहिले उनी सुस्ताएका छन् । उनले एउटा भिडियोमा काम गरेको ३० हजार पारिश्रमिक लिन्छन् ।

गायक रामजी खाँण पनि केही समय पहिलेसम्म लोकदोहोरी भिडियोमा बाक्लै देखिन्थे । हिजोआज भने रामजी पनि केही सुस्ताएका छन् । उनले एउटा भिडियोमा अभिनय गरेको २० देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यस्तै, खेम सेञ्चुरीले लोकदोहोरी गायकका रुपमा मात्र नभई कलाकारका रुपमा पनि राम्रो पहिचान बनाएका छन् । उनका धेरै गीतले दर्शकको मन जितेका छन् । उनी पनि राम्रै पारिश्रमिक लिन्छन् ।

गायक पुश्कल शर्माले लोकदोहोरी भिडियोमा काम गरिरहेका हुन्छन् । उनले ३० हजार पारिश्रमिकमा भिडियोमा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।पछिल्लो समय सुनिल क्षेत्रीले धेरै लोकदोहोरी भिडिया कोरियोग्राफी तथा अभिनय गरेका छन् । डान्सिङ विटका गीतमा सुनिलको डिमाण्ड राम्रो छ । उनले ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने बुझिएको छ ।

अहिले लोकदोहोरीमा व्यस्त मोडलहरु हुन्, अञ्जली अधिकारी, करिष्मा ढकाल, सारिका केसी, लोमश शर्मा, विमल अधिकारी, आयुष्मा कार्की । यी मोडलहरु लोकदोहोरीमा अभिनय गरेको १५ देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

रञ्जिता गुरुङ, महेन्द्र गौतम, सगुन शाही, आशा खड्का लगायत पनि लामो समयदेखि लोकदोहोरीमा सक्रिय छन् । उनीहरुको लोकदोहोरीमा व्यस्तता पहिलेजस्तो नभएपनि निरन्तर काम भने गरिरहेका छन् । यी मोडलहरु पनि १५ देखि ३० हजार पारिश्रमिकमा लोकदोहोरी भिडियोमा काम गर्दै आएका छन् ।

एक लोकदोहारी भिडियो निर्देशकले अनलाइनखबरसँग भने–‘३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने गरेका छन् । पारिश्रमिकमा सम्बन्धले पनि अर्थ राख्ने निर्देशकहरुको भनाई छ ।

पछिल्लो समयमा चक्र बम, अर्जुन गौतम, जुना गुरुङ, ओबी रायमाझी, एलिना रायमाझी, अनु पराजुली, साया भण्डारी, जुना गुरुङ्ग, जय देवकोटा, देबेन्द्र क्षेत्री, जुना सुन्दास, रीना थापा, आरुषी मगर लगायत पनि लोकदोहोरीमा काम गरिरहेका मोडल हुन् । उनीहरु १० देखि २५ हजार रुपैयाँसम्ममा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

त्यस्तै, टिकटकबाट उदाएकामध्ये गरिमा शर्मा, उषा उप्रेती, गीता ढुंगाना पनि लोकदोहोरीमा देखिरहेका छन् । उनीहरुले १५ हजार रुपैयाँदेखि ३०–३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने निर्देशकहरु बताउँछन् ।

लामो समयदेखि लोकदोहोरीमा सक्रिय र व्यस्त मोडलहरुको व्यस्तता हिजोआज भने घटेको छ । चलचित्रसँगै आधुनिक गीतका मोडलहरु समेत लोकदोहोरीमा देखिन थालेसँगै उनीहरुको व्यस्तता कम भएको हो ।

लोकदोहोरीमा महंगो पारिश्रमिक लिएर चलचित्रका कलाकारहरु देखिन थालेसँगै लोकदोहोरी भिडियोमा काम गर्दै आएका मोडलहरुले पारिश्रमिक भने केही बढाएको निर्देशकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४