Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी जानकारी लिन ‘११४३’ मा कल गर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 11.2K
    SHARES

काठमाडौं, /  परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न हेल्पलाइन नम्बर ‘११४३’ सुरु भएको छ ।२७ डिसेम्बर, २०२० बाट परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुरु गरेको हो ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा दिनको लागि सो नम्बर सुरु गरिएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।

हेल्पलाइन ११४३ ले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धी निर्णय लिन सहयोग गर्ने जनाइएको छ। सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।

११४३ मा मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्ने र उनीहरूले प्रजनन् सम्बन्धी रोजाईका बारेमा मार्गनिर्देशन दिनेछन् । हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।

सुनौलो परिवार नेपालले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ । ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ – साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४