Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्यवस्थित रूपले सत्ता हस्तान्तरण हुनेछ– राष्ट्रपति ट्रम्प


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 5.4K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण व्यवस्थित रूपले हुने बताउनुभएको छ । अमेरिकी संसद भवनमा भएको हमला, जो बाइडन र कमला ह्यारिसको जितलाई संसदले सदर गरेपछि ट्रम्पले सत्ता हस्तान्तरण व्यवस्थित रूपले हुने बताउनुभएको हो । यद्यपि उहाँले निर्वाचनमा भएको धाँधलीको बारेमा भने आफ्नो भनाइलाई कायमै राख्नुभएको छ ।

‘निर्वाचनको नतिजाबाट म पूर्णरूपमा असहमत छु । यो कुराको प्रमाण पनि छ । त्यसको बावजुद २० जनवरीमा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुनेछ’, प्रवक्ताको ट्वीटर ह्याण्डलबाट ट्रम्पले भन्नुभएको छ । ट्वीटरमा अमेरिकी निर्वाचनका बारेमा हिंसा फैलाउने अभिव्यक्ती दिएको भन्दै उहाँको ट्वीटर ह्याण्डल १२ घण्टाको लागि प्रतिबन्ध गरिएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, ‘वैध मतको मात्र गणना हुनको लागि हामी आफ्नो लडाईं जारी राख्छौं । अमेरिकी राष्ट्रपतिको इतिहासमा यसको साथमा सबैभन्दा महान पहिलो कार्यकालको अन्त्य हुनेछ, तर अमेरिकालाई दोश्रोपटक महान बनाउनका लागि हाम्रो लडाईंको यो त सुरुवात मात्र हो ।’
ट्रम्पको चुनावी टीमले नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि जनाउँदै ६० भन्दा बढी स्थानमा रिट दर्ता गरेपनि त्यसलाई खारेज गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४