Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा हाँस र कागमा एभिअन फ्लू देखिएपछि हजारौँ पन्छीहरू मारिदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 5.4K
    SHARES

एजेन्सी, / भारतमा हाँस र कागमा एभिअन फ्लूको सङ्क्रमण देखिएको छ।भारतका विभिन्न ठाउँमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ।

त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ।

मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कागहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्। बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४