देशमा निजी क्षेत्रले अरवौंको लगानी गरेको अवस्थामा कुनै पनि सल्लाह नगरी अपारदर्शीरुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा दीर्घकालीन गम्भीर असर पर्ने व्यवसायीहरुको भनाइ छ ।
वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनीहरुको तर्क छ ।
साथै यसप्रकारका निर्णयले स्वदेशी व्यवसायीहरुको उद्मशीलता विकासमा बाधा हुने, किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत बन्द भई देश गरिबीतर्फ धकेलिने कृषि व्यवसायीहरुको दाबी छ ।