Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थाल्यो पदयात्रा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 12.1K
    SHARES

गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।

सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुादै काठमाडौं पुग्ने उनले जानकारी दिए । ‘आज यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउापालिको अश्राङ, बोर्लाङ हुादै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा बुझाएर र्फकन्छ,’ गणपती केसीले भने, ‘त्यो टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउाछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।’ टर्च र झण्डासहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने उनले बताए ।

पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको उनले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न अघिल्लो वर्षबाट पदयात्रा सुरु गरेका हौं, बर्सेनि यसलाई निरन्तरता दिने छौं,’ केसीले भने । उक्त मार्गको दुरी २६ कोष रहेको उनले जानकारी दिए ।

पदयात्रामा सहभागी टोलीलाई मंगलबार एक कार्यक्रमका बिच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सहसेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले एकीकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरु बिच आवश्यक समन्वय हुनुपर्ने बताए ।

पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताए । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउादै उनले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

गोरखा नगरपालिकाका मेयर पन्तले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । इतिहास जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्दै उनले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती भव्यताका साथ मनाउन थालेको जानकारी गराए ।

पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले पदमार्गमा पर्ने पाटी, पौवा, चौताराहरुको संरक्षणको काममा पनि अगुवाइ लिन नेपाली सेनालाई आग्रह गरे । यात्राको क्रममा टोलीलाई बिभिन्न स्थानीय तहमा स्वागतका कार्यक्रमहरु पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४