Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभरको मौसम बदली, काठमाडौंमा बाक्लो हुस्सु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 9.6K
    SHARES

काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ ।

सोमबार विहानैदेखि उपत्यकामा घाम लागेको छैन र बाक्लो हुस्सु लागेको छ । घाम नलागेका कारण दिउँसोमा चिसो महसुस भएको छ ।

आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र यो आउँदो बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्युनतम तापक्रम भने बढेको छ । पुस १६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री रहेकोमा पुस १९ गते २.५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस पुगेको नगरकोटीले जानकारी दिइन् ।

‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकोले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन । त्यसैले सोमबार न्युनतम तापक्रम बढेको हो’ नगरकोटीले भनिन् ।

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको नगरकोटीले जानकारी दिइन् ।

हल्का मात्रै वर्षा हुने

मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने भने सम्भावना छैन । सोमबार काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४