Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनको तयारीमा लाग्यो सरकार,गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचन सुरक्षा समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 5.8K
    SHARES

काठमाडौं । सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो ।

समितिमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव सदस्य रहने बताइएको छ । गृहमन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमला लामिछानेलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई सुरक्षा संवेदनशिलताको आधारमा जिल्लागत विवरण, मतदान स्थल, मतदान केन्द्र, निर्वाचन विरोधीहरुका गतिविधिको समीक्षा र सुरक्षा निकायको जिम्मेवारी र भूमिकालगायतका विषयमा विवरण तयार पार्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४