Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भेट्नु कुहिएर झरेका दुइटा फल प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी :


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’ ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’ जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’

आफूरु आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । अघि भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।’ ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४