Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘विवादास्पद छवि नभएको राजनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन पहल भइरहेको छ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् ।

भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’

उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् ।  ‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन् । उनले अगाडि भनेका छन्, ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’

उनले भनेका छन्, ‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’

उनले नेपालजस्तै एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन् । त्यसका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘ओलीलाई सहयोग पुर्याउनु वा स्पष्ट रुपमा राइट विंग गठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेछ ।’

शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्वन्द्वको बारेमा पनि उल्लेख गर्दै भनेका छन्, ‘काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको छ ।’

उनले नेपालको अहिलेको राजनीतिक संकट चीनका लागि ट्क्याटीकल सेटब्याक भएपनि यसबाट भारतलाई केही पनि फाइदा नहुने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४