Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यता हटाउँछौं-गभर्नर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउने उद्घोष गरेका हुन् ।

अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको उनले बताए । एक वर्षभित्रै तरकारी बजारहरुमा पनि डिजिटल कारोबार हुने गभर्नर अधिकारीको भनाइ छ ।

विद्युतीय भुक्तानी सेवाको विस्तारमा बैंकहरुको पनि सहयोग रहेको उनले बताए । ‘राष्ट्र बैंक र मेरो उद्देेश्य भनेको एक वर्षपछि तरकारी किन्न जाँदा क्यास बोकेर नपरोस भन्ने हो’ गभर्नर अधिकारीले भने । गत शुक्रबार नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको थियो ।

त्यसतर्फ संकेत गर्दै उनले अब गाउँ गाउँ पुगेका बैंकका शाखाहरुलाई पनि यस्तो कार्यमा आवद्ध गराउने बताए । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले । वाणिज्य बैंकहरु गाँउ गाँउमा आधुनिक बैंकिङ्ग सुविधा प्रदान गरिरहेको बताउ । उनले राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न संघ तयार रहेको बताए ।

‘नेपालमा मोबाइल/इन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई ब्रीक बैंकिङ्गबाट क्लिक बैंकिङ्गमा फड्को मार्न सहज हुने देखिन्छ’ उनले भने, ‘बैंकहरु यस दिशातर्फ लागि पनि रहेका छन्, जति चाँडो हामी डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आई हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ ।’

अध्यक्ष दाहालले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने भिजन अनुरुप हामी राष्ट्र बैंकको मार्गदर्शनअनुसार यसलाई अगाडि बढाउने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४